Fri. Jun 21st, 2024

सञ्चारकर्मी नेपालीको उपचारमा समस्या, परिवारद्धारा सहयोगको अपिल

२९ फागुन,दाङ – सञ्चारकर्मी भगवती नेपाली ‘भावुक’ लाई आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । केही महिनायता अस्वस्थ भई उपचाररत नेपालीको रोग पहिचान तथा उपचार गर्दा गर्दै घरमा भएको सबै पैसा सकिएपछि उहाँको उपचारमा आर्थिक समस्या भएको छ । ‘शुरुवाती चरणमा रोग पहिचान गर्दागर्दै आफुसँग भएको सबै पैसा सकियो, अहिले छोरीको रोग पत्ता लाग्यो तर, आफुसँग एक सुको पैसा छैन, बिरामी छोरीको उपचार कसरी गर्ने भन्ने पिरले सताएको छ, भगवतीका बुवा शेरबहादुर नेपालीले भन्नुभयो ।

भगवतीलाई अहिले आमाशयको क्यान्सर भएको छ । निकै लामो स्वास्थ्य अनुसन्धानपछि उहाँको रोग पत्ता लागेको हो । अहिले जीवन र मृत्युसँग लडिरहेकी २६ वर्षीया भगवतीको थप उपचारका लागि रकम अभावमा उपचारमा समस्या भएको परिवारले जनाएको छ ।
दाङ, घोराही उपमहानगरपालिका वडा नम्बर १२ हापुर रतनपुर घर भई हाल घोराही १४ मिलनचोक बस्दै आएकी भगवतीलाई नयाँ जीवन दिन सहयोगी मनलाई बुवा नेपालीले याचना गर्नुभएको छ ।

‘उपचार गर्दा गर्दै आफुसँग भएको सबै पैसा सकिएको र घरमा आम्दानीको कुनै श्रोत नभएकाले छोरीको उपचारमा निकै समस्या परेको हुँदा यहाँहरुको सानो सहयोगले मेरी छोरीको जीवन बाँच्ने थियो भन्ने आशा गरेको छुु,’ बुवा नेपालीले भन्नुभयो । सहयोग गर्न चाहनुहुने महानुभावहरुले मोबाईल नम्बर ९८४९८८९१५२ र ९८०६३२९०५१ मा सम्पर्क गर्न गरिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *