
टंक मल्ल/१६असार
तुलसीपुर उपमहानगरपालिका वडा नं ५ बस्ने समाजसेवी पर्शुराम महतारनबाट करिब रू ५,०००।- बराबरको खाद्यान्न सामाग्री सहयोग गर्नुभएको छ।
मनका धनी, दयाका खानी, समाजसेवी महताराले दियालो अनलाइनडट कम द्वारा ´´अाफु पनि बचाैं अरूलाई पनि बचाउ”भन्ने उद्देश्यले गरिएको यस अभियानमा सहयोग गर्नुभएको छ ।
काेभिड १९ संक्रामक राेगका कारण निशेधाज्ञा का कारण छाक टार्न नसकेका ,असहाय ,अशक्त र विपन्न समुदायका व्यक्तिहरूकाे दुखेको घाउमा मल्हम पट्टी लगाउने पुन्य काम गर्ने मनका धनी महताराले अाफ्नाे सानो अनुरोधमा यति महान काम गरेकोमा दियालो अनलाइनका प्रधान सम्पादक दिपक वलीले सम्मान सहित अाभार प्रकट गर्नुभएको थियोे । दानदाताले पठाउनुभएकाे सहयोग रकम जस्ताकाे त्यस्तै पिडित कहाँ पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उहाँ हरूले अार्थिक अभावका कारण छाक टार्न नसकेका ,असहाय ,अशक्त र विपन्न समुदाय, एकल महिला लगाएतका व्यक्तिहरूलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
दियालो अनलाइन डट कम द्वारा सञ्चालित ´´अाफु पनि बचाैं अरूलाई पनि बचाउ”भन्ने अभियान लाई सहयोग गर्न चाहानेलाई लागि ग्लोबल आई मि बैकमा रहेको गोपाल गिरि नाममा रहेको खाता नम्बर 5707010008204 साथै हाम्रो फोन नम्बर ,9863152123,9866854083 मा सम्पर्क गर्न दियालो अनलाइनका प्रधान सम्पादक दिपक वलीले अपिल गर्नुभएको छ ।