टंक मल्ल| १६ जेठ| भजन गाउने अाेठ भन्दा सहयाेगी हातहरू पवित्र हुन्छन् । काेभिड १९ राेगकाे महामारी ले विश्व अाक्रान्त भैरहेकाे परिस्थितिमा ती मनका धनी प्रियजनहरूकाे पवित्र मन र हातहरूले दिनुभएको सहयोगमा तुलसीपुर ३ पैयाखोरे स्थित अति विपन्न तथा गरिव परिवारलाई राहात स्वरुप खाद्यन्न र तरकारी वितरण गरिएको छ । विभिन्न दाताहरुको सहयोग तथा सामाजिक अभियान्ता तथा दियालो अनलाईनका प्रधानसम्पादक दिपक वलीको पहलमा पार्वती विकको घरपरिवारलाई खाद्यन्न वितरण गरिएको हो । सहयोगदाता तुलसीपुर ५ बस्ने प्रकास वली र गोविन्द खड्काको सहयोगमा २५ केजी चामल , दुई किलो नुन, सावुन, एक लिटर तेल,विस्कुट, चाउचाउ, भुजा,२किलो साेयाविन र अाधा किलो दाल लगाएतका खाद्यन्न सहयोग गरिएको अभियान्ता वलीले जानकारी दिनुभयो । यस्तैगरी तिल बहादुर आलेको सहयोगमा तरकारी वितरण गरिएको हो । अति विपन्न विकको घरमा खाने खर्चको समस्या भएको सुनेपछि सहयोगदाताहरुको सहयोगमा खाद्यन्न वितरण गरिएको अभियान्ता वलीले जानकारी दिनुभयो ।
विकका श्रीमान् जितभानको गएको भदौमा निधन भएको थियो । उहाको निधन पछि विकको तिन बच्चा सहित चार जनाको परिवार अहिले साहारा विहीन बनेका छन् । घरमा कमाई गर्ने कोहि नभएपछि उनीहरुलाई खानका लागी खाद्यन्न, लत्ताकपडाको अभाव भएको छ ।राहात वितरणमा पत्रकार लक्ष्मण विश्वकर्मा, सन्चारकर्मी मदन मुस्कान, गोपाल गिरी र सुसान्त मल्ल लगाएतको सहभागिता रहेको थियो । साथै सामाजिक अभियान्ता वलीले आगामी दिनमा सहयोगदाताहरुलाई अपिल गरी थप सहयोग गरिने बताउनुभयो । उहाले विभिन्न सहयोगदाताहरुको सहयोगमा अहिलेको माहामारी कारण लकडाउनले गर्दा समस्यामा परेका अति विपन्न घरपरिवारलाई राहात वितरण गदै आएको जानकारी दिनुभयो । यस अघि तुलसीपुर ९ बेलुवा बस्ने धन बहादुर डाँगीको सहयोगमा झन्डै ५० हजारको खाद्यन्न २५ घरलाई वितरण गरिएको उहाले बताउनु भयो । हाम्रो सहयोग अभियान चलिरहेको छ हजुरहरूकाे सानो सहयोगले दुखी गरिबको पेट भर्नेछाैं । हाम्रो अभियानमा सहयोग गर्न चाहाने दानदाताहरूका लागि लागि ग्लोबल आई मि बैकमा रहेको गोपाल गिरि नाममा रहेको खाता नम्बर 5707010008204 साथै हाम्रो फोन नम्बर 9863152123,9866854083 मा सम्पर्क गर्न दियालो अनलाइनका प्रधान सम्पादक दिपक वलीले अपिल गर्नुभएको छ ।