Fri. Jul 19th, 2024

२६भदौ। सीमा क्षेत्रको तनाव कम गर्न भारत र चीनबीच पाँच बुँदे सहमति भएको छ ।लद्दाखको भारत–चीन वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भइरहेको तनाव कम गर्न पाँच बुँदे सहमति भएको बीबीसीले जनाएको छ ।भारतीय विदेश मन्त्री एस जयशंकर र चिनियाँ विदेश मन्त्री वांग यीबीच रुसको मस्कोमा भएको भेटवार्तामा पाँच बुँदे सहमति भएको खबरमा उल्लेख छ ।

बैठकमा भएका सहमतिहरु भने सार्वजनिक गरेका छैनन् । बैठकमा भारतका विदेश मन्त्री जयशंकरले एलएसीमा जारी तनाव थप बढाउने पक्षमा भारत नरहेको र चीनसँगको भारत नीतिमा पनि कुनै परिवर्तन नरहेको बताउनुभएको बीबीसीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *