१५ मंसिर,दाङ – दाङको तुलसीपुरमा प्रथम लुम्बिनी प्रदेश स्तरिय कृषि तथा व्यापारिक महोत्सव सुरु हुदै छ । आजदेखि सुरु हुने महोत्सवको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले गर्दैछन् । युथ्स अफ तुलसीपुरको आयोजनामा आजदेखि २६ गतेसम्म सञ्चालन हुने महोत्सव उद्घाटन अघि प्रभातफेरी गर्ने तयारी गरिएको अध्यक्ष अरुण लहरेले जानकारी दिए। अवको केहि समयमा त्रीशिध्देस्वरि मन्दिरबाट झाकि सहित र्यालि सुरु गरिदैछ । तुलसीपुर स्थित ओम शान्ति सिनेमा हलको पूर्वतर्फ महोत्सव संचालन हुन लागेको हो ।
महोत्सवमा राष्ट्रियस्तरका चर्चित कलाकार प्रकाश सपुत, बद्रि पंगेनी, प्रमोद खरेल, रामजी खाँड, पशुपति शर्मा, मेलिन राई, प्रिति आले, रमेशराज भट्टराई लगायतका करिब ५० बढी राष्ट्रीय तथा स्थानीय कलाकार आउने भएका छन । यसैबीच, उदुघाटन पुर्व प्रभात फेरि गरिने भएकोले त्यसको तयारीमा सम्पुर्ण संस्थामा आबद्ध पदाधिकरी, सदस्य विभिन्न स्कुलबाट पाल्नुहुने शिक्षक तथा विद्यार्थी ,विभिन्न टोलबिकास संस्था र अन्य संघ संस्थाका ब्यक्तित्वहरु, पत्रकार शुभचिन्तक तथा शुभेच्छुकको सहभागिता रहेको आयोजकले जनाएको छ ।
अनेक अवरोधका बाबजुद मेला सञ्चालन हुदैछ । यता, तुलसीपुर उद्योग वाणिज्य संघले कार्यविधि बनाएर मात्रै तुलसीपुरमा मेला महोत्सव सञ्चालन गर्नुपर्ने माग अघि सारेर बिरोध जनाएको छ ।।