Fri. Mar 28th, 2025
काठमाण्डाै – नेपालमा पछिल्लाे २४ घण्टामा थप चार सय ८४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २४ हजार चार सय ३२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा १० हजार चार सय ८१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा चार सय ८४ जनामा कोरोनाकाे सङ्क्रमण पुष्टि भएको हो । साथै पछिल्लाे २४ घण्टामा ६४ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै कोरोना जित्नेको सङ्ख्या १६ हजार सात सय २८ पुगेको छ । अहिले देशका विभिन्न ठाउँकाे आइसाेलेशनमा सात हजार ६ सय १३ जना छन् । यस्तै १४ हजार आठ सय ४६ जना क्वरेण्टीनमा रहेका छन् । यस्तै गएको २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट थप आठ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेकाे सङ्ख्या ९१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *