Mon. Oct 20th, 2025

तुलसीपुरमा दशैँ विशेष सांस्कृतिक कार्यक्रम तथा खसी कप हुने
तुलसीपुर ।
विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा तुलसीपुरमा दशैँ विशेष सांस्कृतिक कार्यक्रम तथा खसी कप आयोजना हुने भएको छ।
आगामी असोज ११ गते तुलसीपुरस्थित अरनीको मैदानमा हुने कार्यक्रममा लोकदोहोरी गायक–गायिका तथा हास्य कलाकारहरूको प्रस्तुति रहनेछ। कार्यक्रममा चर्चित कलाकार निशान्त विश्वकर्मा, विनोद महरा, गायिका विष्णु सुनार, डान्सर पुजा सिंह, मनोलिशा पुन मनिषा घर्ती  लगायतको सहभागिता रहने आयोजकले जनाएका छन्।
त्यसैगरी, चर्चित हास्य कलाकार कुल बहादुर ओलीको प्रस्तुति रहनेछ भने कार्यक्रम सञ्चालक राजेन्द्र परियार रहनेछन्।
दशैँको रमाइलो माहोलमा आयोजना गरिएको यस कार्यक्रममा दर्शक–श्रोताका लागि फ्रि टिकटको व्यवस्था गरिएको आयोजक संस्था उज्यालो नेटवर्क एण्ड मल्टिमिडियाज प्रा.लि. का सञ्चालक दिपक ओलीले जानकारी दिनुभयो।
कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *