सदस्यको मृत्युपछि जनउत्थान लघुबित्तले कर्जा मिनाह र आर्थिक सहयोग

Bydipak oli

२०८२ आश्विन ५, आईतवार १०:४९ गते २०८२ आश्विन ५, आईतवार १०:४९ गते २०८२ आश्विन ५, आईतवार १०:४९ गते

सदस्यको मृत्युपछि जनउत्थान लघुबित्तले कर्जा मिनाह र आर्थिक सहयोग

कैलाली, २ असोज । जनउत्थान सामुदायिक लघुबित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सदस्यको श्रीमानको निधनपछि बीमा सुविधामार्फत कर्जा मिनाह गर्दै पीडित परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ।

लम्कीचुहा नगरपालिका–०७ खरौलाकी शारदा भुललाई संस्थाले गार्डियन माइक्रो लाइफ इन्सुरेन्समार्फत रु.८०,००० (असी हजार) कर्जा मिनाह तथा काजक्रिया खर्चका लागि अतिरिक्त रु.१५,००० हस्तान्तरण गरेको हो।

शारदा भुलका श्रीमान ४९ वर्षीय बाडे भुलको गत २०८२ असार २८ गते असामयिक निधन भएको थियो। त्यसलगत्तै संस्थाको इलाका कार्यालय कोटातुल्सिपुरका अधिकृत मधु कुवर मृतकको घरमै पुगेर श्रद्धाञ्जली अर्पण गर्दै बीमाबापतको रकम पीडित परिवारलाई हस्तान्तरण गरेका थिए।

सो अवसरमा उनले जनउत्थान सामुदायिक लघुबित्तले बचत र कर्जा कारोबारसँगै सीप विकास तालिम, ग्राहक संरक्षण कोषमार्फत सुविधा, सामाजिक उत्तरदायित्व कार्यक्रम तथा आकस्मिक जोखिम व्यवस्थापनका गतिविधि निरन्तर सञ्चालन गर्दै आएको जानकारी दिए। उनका अनुसार, संस्थाबाट कर्जा लिएका सदस्यको मृत्यु भएमा परिवारलाई बोझ नपरोस् भन्ने उद्देश्यले बीमा सुविधा अनिवार्य गरिएको हो।

कार्यक्रममा बैंकिङ समुदायका प्रतिनिधि, स्थानीयवासी र कर्मचारीसहित करिब १६ जनाको सहभागिता थियो। कार्यक्रम प्रतापपुर शाखा प्रमुख छोटेलाल चौधरीले सञ्चालन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो