दाङमा पाँच दिन देखि वेपत्ता संचारकर्मीको खोजी गर्दिन परिवारको अनुरोध

Bydipak oli

२०७७ माघ २१, बुधबार ०७:१८ गते २०७७ माघ २१, बुधबार ०७:१८ गते २०७७ माघ २१, बुधबार ०७:१८ गते

२१ माघ,दाङ।
दाङमा एक संचारकर्मी पाँच दिन देखि वेपत्ता भएको परिवारजनले जानकारी दिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ५ भैसापथ्रा घर भएका २३ वर्षिय देवेन्द्र ओली गत माघ १५ गते विहिबार विहानको समयमा हराएका हुन । घोराहीको रेडियो स्वर्गद्धारी एफ.एममा कार्यरत ओली राप्ती शिक्षा क्याम्पस घोराहीमा बि.एड पहिलो बर्षमा अध्ययन गर्दै आएका थिए ।

ओली १५ गते विहिबारका दिन बिहान क्याम्पस पढ्न जान्छु भनी हिडेको र क्याम्पस पोसाक मै हराएको बुवा दोर्ण बहादुर ओलीले जानकारी दिनुभयो । ओली घोराही १४ नयाँबसपार्क स्थित दिदि–भिनाजुको घरमा बस्दै आउनुभएको थियो ।

जान सक्ने सम्भावित आफन्तहरुको घरमा समेत नभेटिएपछि खोजीदिनका लागि जिल्ला प्रहरी कार्यालय दाङमा निवेदन दिएपनि नभेटिएकाले कतै देखे वा भेट्टाएमा ९८०९७०९०६० मा सपर्क गरिदिन वा नजिकैको प्रहरी कार्यालयमा जानकारी दिन भिनाजु नरेश खड्काले आग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो