विशेष सांस्कृतिक तथा खेलकुद कार्यक्रमको तयारी पूरा, भोलि पत्रकार सम्मेलन
दाङ, असोज ११
विजया दशमी तथा शुभ दीपावलीको अवसरमा तुलसीपुर–५ स्थित अरनी मैदानमा विशेष सांस्कृतिक तथा खेलकुद कार्यक्रम आयोजना हुने भएको छ।
आयोजक उज्यालो नेटवर्क एण्ड मल्टिपर्पोज प्रा. लि. का अनुसार कार्यक्रममा चर्चित गायिका विष्णु सुनार, हास्य कलाकार कुलबहादुर ओली, विनोद महतारा र निशान्त विश्वकर्मा सहित विभिन्न स्थानीय कलाकारहरूले गीत, संगीत र नृत्य प्रस्तुति दिनेछन्।
कार्यक्रमको सञ्चालन कवि ओली र भिम बली गर्नेछन्। आयोजक समितिले खेलकुदसँगै विविध सांस्कृतिक प्रस्तुति पनि कार्यक्रममा समावेश हुने जनाएको छ।
कार्यक्रमको मुख्य प्रायोजक शुभकामना होटल रहेको छ। सम्पूर्ण तयारी पूरा भइसकेको र भोलि पत्रकार सम्मेलनमार्फत थप जानकारी दिइने उज्यालो नेटवर्क एण्ड मल्टिपर्पोज प्रा. लि.का अध्यक्ष दीपक ओली ले जानकारी दिएका छन्।
