Thu. May 16th, 2024

उपमा सञ्चार प्राली द्वारा आयोजना गरिएको सास्कृतिक राष्ट्रिय सङ्गीत अवार्ड २०८० अर्थात (Cultural National Music Award 2080) तथा उपमा राष्ट्रिय साँस्कृतिक म्युजिक अवार्ड दशक गायक सम्मान २०८०, उपमा राष्ट्रिय सास्कृतिक म्युजीक अवार्ड दशक पत्रकार सम्मान कार्यक्रम २०८० पौष ८ गते दिनको २ बजे काठमाण्डौ स्थित चलचित्र बिकास बोर्ड को सभा हल मा संघिय संसद राष्ट्रिय सभा अध्यक्ष सम्माननिय गणेश तिमिल्सिना ज्यु को प्रमुख आतिथ्यतमा र उपमा सञ्चार प्रा लि तथा कार्यक्रम का सभापति आशा गौतम मार्फत दिप जलन गरि प्रथम कार्यक्रम को उद्घाटन गरिएको थियो । प्रमुख अतिथि बाट दशक गायक सम्मानित मा मौलिक संस्कृती का बाद्शाहा खड्ग प्रसाद गर्बुजा, लोक स्वर सम्राट राजु परियार,वरिष्ठ गायक बिष्णु खत्री, बरिस्ठ गायक/सर्जक कस्तुप पन्त, बरिस्ठ सङ्गितकार बि.बि अनुरागी, राजु ढकाल, खुमन अधिकारी, जुरि निर्णायक तर्फ बरिस्ठ गायक इन्द्र जि.सि, गायक तथा निर्देशक हुम बाहादुर गैरे, तमाङ चलचित्र कलाकार बिनायक तामाङ, हामी सबैको सर्वप्रीय सारङ्गी संसार परिवार, वरिष्ठ पत्रकार जीवन पराजुली, अनिल आघात, प्रकाश बराइली अभिव्यक्ति, बिक्रम शुनार, लगायत विभिन्न कलाकार ज्यु हरु सम्मानित हुनु भएको थियो । अवार्ड तर्फ राष्ट्रिय भावना का गित, लोक भजन, लोक दोहोरी गित, एकल लोक गित, चार्ड पर्व गित, कौडा, सालैजो, रत्यौली, मौलिक गित, आधुनिक गित, लोक पप, प्रत्यक्ष दोहोरी गित, प्रत्योगी कलाकार, स्टेज प्रफमर, टेलिसिरियल, भाषा भाषी गित, जनचेतनामूलक फिल्म अन्य बिदा बाट गरि ११८ जना कलाकार हरु पुरस्कृत हुनु भएको थियो । कार्यक्रम सुवास महत ज्यु ले सचालन गर्नु भएको थियो । संगीत तथा चलचित्र उत्पादक का उपाध्यक्ष कार्यक्रम संयोजक हुम गैरे ज्यु ले स्वागत मन्तब्य, राष्ट्रिय जनसंगित कलाकार मन्च का केन्द्रिय महासचिव अमृत खाती ज्यु ले शुभकामना मन्तब्य राख्नु भएको थियो। र कार्यक्रम उध्घोषण राजा राजेन्द्र पोख्रेल ज्यु ले गर्नु भएको थियो । विभिन्न संघ सस्थाका उत्कृष्ट ब्याक्तित्व हरुको आतिथ्यमा बाक्लो उपस्थिति थियो । अवार्ड बितरण का क्रममा बिशिस्ट अतिथी शशस्त्र प्रहरी बल का ए.आइ.जि चन्द्र प्रकाश गौतम ज्यु लगायत सम्मानित ब्याक्तित्व हरु मार्फत राष्ट्रिय भावना गित का गायक बाल कलाकार पर्बत को उदयमान कलाकार अरुण शुनार ज्यु बाट वितरण सुरुवात गरिएको थियो।
उपमा सास्कृतिक राष्ट्रिय संगीत अवार्ड २०८० का प्रमुख अतिथी सम्माननिय ज्यु ले कलाकार हरु देश का गहना मात्रै नभएर देश का बिशेष अंग हुन र यी अंग र गहना हरु लाई राज्यले संरक्षण गर्नु पर्ने बताउनु भएको छ । दशक सम्मान तथा अवार्ड कार्यक्रम हरु गर्नाले अग्रज लाई सम्मान र नव कलाकार लाई हौसला र उर्जा थपिन सहयोग हुने हुनाले यस्ता कार्यक्रम हरु गरि रहन महत्त्वपूर्ण भएको बताउदै कार्यक्रम गर्ने आयोजक सस्था र सस्थाका अध्यक्ष ज्यु लाई धन्यवाद साथै आगामी दिन हरु मा अझै यस्तै अभियान का लागि शुभकामना दिनु भएको थियो ।

कलाकर्मी र सञ्चारकर्मी हरु का हक र हित का काम हरु गर्दै आज फेरि मौलिक सस्कृती लाई जगेर्ना गर्दै कलाकार/पत्रकार अग्रज लाई सम्मान अनुज लाई प्रोत्साहन भन्ने अभियान का साथ अगाडि बढनु भएका र कलाकार हरु को मन मुटुमा बस्न सफल ब्यक्ती सम्पुर्ण बिदा का कलाकार पत्रकार हरु को कला र क्षमता लाई न्याय दिन को लागी सदैब लाग्ने छु भन्दै आयोजक उपमा सञ्चार प्रा.लि सास्कृतिक राष्ट्रिय सङ्गीत अवार्ड २०८०/ उपमा राष्ट्रिय सास्कृतिक दशक सम्मान का अध्यक्ष आशा गौतम ले बताउनु भएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *