सक्सेस एकाडेमीले माघि पर्वको अवसरमा विशेष कार्यक्रम आयोजना

Bydipak oli

२०८१ पुष २९, सोमबार १५:५५ गते २०८१ पुष २९, सोमबार १५:५५ गते २०८१ पुष २९, सोमबार १५:५५ गते

सक्सेस एकाडेमीले माघि पर्वको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ। 

गाेपाल गिरि तुलसीपुर पुस २९ गते साेमबार
सक्सेस एकाडेमीले माघि पर्वको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमको मुख्य आकर्षण थारू समुदायको सांस्कृतिक धरोहर मानिने चौधरी नृत्य संगसंगै माघी पर्वका महत्वपुर्ण खानाका परिकारहरु पनि प्रस्तुत गरिएको थियो। यस अवसरमा विद्यार्थीहरूले थारू पोशाकमा नृत्य प्रदर्शन गर्दै आफ्नो कला र संस्कृतिको झल्को प्रस्तुत गरेका थिए ।

कार्यक्रममा थारू समुदायको इतिहास, परम्परा र संस्कृतिका बारेमा जानकारी दिने विभिन्न सांस्कृतिक गतिविधिहरू पनि समावेश गरिएका थिए। विद्यालयका प्रधानाध्यापक प्रदिप वलीले  माघि पर्वको महत्त्वबारे चर्चा गर्दै यस्तो कार्यक्रमले विभिन्न समुदायका संस्कृतिलाई प्रोत्साहन र सम्मान गर्न मद्दत पुर्‍याउने बताउनु भएको छ ।

त्यसै गरि विद्यालयका सह – प्रधानाध्यापक गोपाल गिरिका अनुसार विद्यालयले विभिन्न चाडपर्वमा र विभिन्न दिवसहरु मा आ – आफ्नै मौलिकताका साँस्कृतिक कार्यक्रम गर्दै आइरहेको बताउनु भएको छ । 

स्थानीय अभिभावक र अतिथिहरूले कार्यक्रमको प्रशंसा गर्दै यसले विद्यार्थीहरूलाई आफ्नो मौलिक संस्कृतिबारे सचेत गराउने विश्वास व्यक्त गरे। सक्सेस एकाडेमीले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको जानकारी गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो