१३ वर्षको उमेरमै चीनमा नेपालको शान बढाए तुलसीपुर–५ का करुण छन्त्याल

Bydipak oli

२०८३ श्रावण १६, शनिबार ०६:०९ गते २०८३ श्रावण १६, शनिबार ०६:०९ गते २०८३ श्रावण १६, शनिबार ०६:०९ गते

१३ वर्षको उमेरमै चीनमा नेपालको शान बढाए तुलसीपुर–५ का करुण छन्त्याल
दाङ, तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–५ निवासी १३ वर्षीय करुण छन्त्यालले चीनको हाइनान प्रान्तस्थित सान्या शहरमा आयोजित “2026 Hainan Beach Taekwondo Open” प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक (दोस्रो स्थान) हासिल गर्न सफल हुनुभएको छ।
अन्तर्राष्ट्रिय स्तरको यस प्रतिष्ठित तेक्वान्दो प्रतियोगितामा नेपालसहित विभिन्न देशका खेलाडीहरूको सहभागिता रहेको थियो। कडा प्रतिस्पर्धाबीच करुणले अनुशासित खेल, उत्कृष्ट सीप र आत्मविश्वासपूर्ण प्रदर्शन गर्दै रजत पदक जित्न सफल हुनुभएको हो। सानै उमेरमा अन्तर्राष्ट्रिय मञ्चमा प्राप्त यो उपलब्धिलाई नेपाली तेक्वान्दोका लागि गौरवपूर्ण सफलता मानिएको छ।
करुण छन्त्यालको सफलताले दाङ जिल्ला, तुलसीपुर उपमहानगरपालिका तथा समग्र नेपाललाई अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा चिनाउने महत्वपूर्ण योगदान दिएको छ। उहाँको निरन्तर मेहनत, नियमित प्रशिक्षण, प्रशिक्षकको मार्गदर्शन तथा परिवारको साथले यो सफलता सम्भव भएको बताइएको छ।
उहाँको उपलब्धिप्रति प्रशिक्षक, अभिभावक, खेलप्रेमी तथा स्थानीयवासीले खुसी व्यक्त गर्दै हार्दिक बधाई दिएका छन्। उनीहरूले करुण भविष्यमा अझ ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्दै नेपालको राष्ट्रिय झण्डा अझ उचाइमा फहराउने विश्वास व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो