३० औं जनयुद्ध दिवसको अवसरमा अखिल क्रान्तिकारी दाङले तुलसीपुरमा बक्तृत्वकला प्रतियोगिता गरेको छ

Bydipak oli

२०८१ फाल्गुन ३, शनिबार ०१:४३ गते २०८१ फाल्गुन ३, शनिबार ०१:४३ गते २०८१ फाल्गुन ३, शनिबार ०१:४३ गते

तुलसीपुर, १ फागुन । ३० औं जनयुद्ध दिवसको अवसरमा अखिल क्रान्तिकारी दाङले तुलसीपुरमा बक्तृत्वकला प्रतियोगिता गरेको छ ।

अखिल क्रान्तिकारी दाङ जिल्ला समितिका उपाध्यक्ष भद्रबहादुर खत्री ‘भुपेश’को अध्यक्षता तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री धनबहादुर मास्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।प्रतियोगितामा प्रथम हुन सफल रोशमी थापालाई रु आठ हजार, प्रमाणपत्र, द्वितिय हुने भुपेन्द्र न्यौपानेलाई रु पाँच हजार र तृतिय हुने पारश वलीलाई रु तीन हजार र प्रमाणपत्र प्रदान गरिएको हो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार शेसुराम भण्डारी, तुलसीपुर नगर इन्चार्ज डिल्ली अधिकारीलगायतले मन्तब्य ब्यक्त गरेका थिए, भने सहजीकरण सचिब हिरालाल वलीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो