Wed. Apr 23rd, 2025

हिमाल बिश्वकर्मा { तुलसीपुर बाट }

दाङ २२ बैशाख २०८०, दाङ को तुलसीपुर स्थित लुम्बिनी प्रदेश तेक्वान्दो संघको कभर्ड हलमा धन बहादुर नेपाली स्मृती खुल्ला तेक्वान्दो प्रतियोगिता आज देखी सुरु भएको छ | बैशाख २२ र २३ गते हुने प्रतियोगिता मा २०० जना तेक्वान्दो खेलाडी हरुले भाग लिई रहेका छन् | तुलसीपुर उपमहानगर का तेक्वान्दो खेलाडी हरुको सहभागिता रहेको कुरा स्मृती प्रतियोगिताका संयोजक बम बहादुर बि क ले राप्ति पहिचान लाइ बताए | तुलसीपुर उपमहानगरपालिका को वडा नम्बर ८ मा

संचालित उक्त प्रतीयोगीताको उदघाटन तेक्वान्दो संघ लुम्बिनी प्रदेशका अध्यक्ष बिमल रिजालले गरेका थिए | उदघाटन कार्यक्रममा बोल्दै रिजाल ले खेल एक प्रकारको प्रदर्शनी मात्रै नभई शारीरिक रुपमा स्वश्थ राख्न र खेल कै माध्यम बाट देश लाई विश्व सामु चिनाउने माध्यम भएकाले आफ्नो रास्ट्रका जुनसुकै खेल र खेलाडीको सम्बर्धन र संरक्षण तथा खेल क्षेत्रको समुचित बिकास का लागी राज्यले ध्यान दिनु पर्ने कुरा बताए | उदघाटन कार्यक्रममा तेक्वान्दो संघ दाङ का जिल्ला अध्यक्षा

प्रतियोगितामा सहभागी तेक्वान्दो प्रेमी बालबालिका हरु र खेलाडी हरु |
बिष्णु प्रसाद अधिकारी,भिमलाल बि क ,जित बहादुर के सी र जग बहादुर नेपालीले प्रतियोगिताको सफलताको बारेमा आ-आफ्नो शुभकामना मन्तब्य राखेका थिए | धन बहादुर नेपाली लामो समय देखी तुलसीपुर क्षेत्रमा तेक्वान्दो खेल प्रशिक्षक रुपमा चिरपरिचित ब्यक्ती हुन् | उनले दाङका बिभिन्न क्षेत्रमा हाल देखिने तेक्वान्दो खेलाडी हरुलाई प्रशिक्षण दिँदै आई रहेका थिए | उनको २०७९ साल पुस २४ गते मृत्यु भएको थियो | नेपालीको तेक्वान्दो खेल प्रतीको लगाव र योगदान लाई कदर गर्दै उनको

स्मृतिमा २ दिने तेक्वान्दो प्रतियोगिताको आयोजना गरिएको हो | प्रतिगीताको सुरु गर्नु अघी उनका समर्थक तथा प्रतियोगितामा सहभागी हरुले एक र्र्यालीको आयोजना गरी तुलसीपुर बजार परिक्रमा गरेका थिए |

Leave a Reply

Your email address will not be published. Required fields are marked *