रोनाल्डो राष्ट्रिय टिमबाट सय गोल पूरा गर्ने पहिलो युरोपेली फुटबलर

Bydipak oli

२०७७ भाद्र २४, बुधबार ०६:०२ गते २०७७ भाद्र २४, बुधबार ०६:०२ गते २०७७ भाद्र २४, बुधबार ०६:०२ गते

पोर्चुगलका स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट सय गोलको कीर्तिमान पूरा गरेका छन् ।नेसन्स लिग अन्तरगत गएराति भएको खेलमा स्विडेनबिरुद्ध दुई गोल गर्दै रोनाल्डोले एक सय गोलको कीर्तिमान पूरा गरेका हुन् । स्विडेनसँगको खेलमा पहिलो हाफमा फ्री किकमार्फत गोल गरेका रोनाल्डोले दोस्रो हाफमा पेनाल्टीमा गोल गरेका थिए । हिजो गोल संख्या एक सय एक पुर्‍याएका रोनाल्डो राष्ट्रिय टिमबाट सय गोल पूरा गर्ने पहिलो युरोपेली फुटबलर बनेका छन् ।

राष्ट्रिय फुटबल टिमबाट इरानका अली डेईले मात्र रोनाल्डो भन्दा बढी एक सय नौ अन्तराष्ट्रिय गोल गरेका छन् । नेसन्स लिगका गएरातिका अन्य खेलमा बेल्जियमले आइसल्याण्डलाई ५–१ ले, फ्रान्सले क्रोयसियालाई ४–२ ले, अजरबैजानले साइप्रसलाई एक शून्यले र मोन्टेनेर्गोले लक्जेम्वर्गलाई एक शून्यले हराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो