रूसले बनाएको कोरोनाभाइरस विरूद्धको भ्याक्सिन २ करोड ५० लाख डोज नेपाल ल्याउने सम्झौता भएको कम्पनीको खुलासा

Bydipak oli

२०७७ आश्विन १३, मंगलवार १३:३२ गते २०७७ आश्विन १३, मंगलवार १३:३२ गते २०७७ आश्विन १३, मंगलवार १३:३२ गते

असोज१३। रूसले बनाएको कोरोनाभाइरस विरूद्धको स्पुतनिक-५ भ्याक्सिनको २ करोड ५० लाख डोज नेपाल ल्याउने सम्झौता भएको छ।द रसियन डाइरेक्ट इन्भेष्टमेन्ट फन्ड (आरडिआइएफ) ले विज्ञप्ति जारी गर्दै ट्रिनिटी फर्मास्युटिकल्ससँग उक्त सम्झौता भएको जनाएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले पनि यो समाचार प्रकाशन गरेको छ।‘यो सम्झौताले नेपालका ९० प्रतिशत मानिसलाई स्पुतनिक-५ को पहुँच सुनिश्चित गर्नेछ र त्यहाँका क्लिनिकहरूलाई सुरक्षित र प्रभावकारी कोरोनाविरूद्धको खोप उपलब्ध गराउनेछ,’ आरडिआइएफको विज्ञप्तिमा भनिएको छ। यता स्वास्थ मन्त्रालय भने यो विषयमा आफू अनबिग्य रहेको जानकारी दिएको छ। रसियाले कोरोना विरुद्धको पहिलो भ्याक्सिन आफुले निर्माण गरेको दाबी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो