Fri. Apr 17th, 2026

माओवादी केन्द्र स्वर्गद्वारीको अध्यक्षमा भट्टराई
बिष्णु गोराथोकी
प्युठान । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) स्वर्गद्वारी नगर कमिटीले आज भव्य कार्यक्रमका साथ दोस्रो नगर अधिवेशन सम्पन्न गरेको छ । कार्यक्रमको अध्यक्षता निवर्तमान अध्यक्ष टेकबहादुर भट्टराई (पदम)ले गर्नुभएको थियो ।

अधिवेशनको प्रमुख अतिथि पार्टी केन्द्रिय उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुन (अनन्त) रहनुभएको थियो । अन्य विशिष्ट अतिथिहरूमा केन्द्रिय सदस्य नारायण अधिकारी, प्रदेश कमिटी सदस्य कृष्ण अधिकारी (प्रकाश), जिल्ला कमिटी अध्यक्ष यज्ञबहादुर केसी (प्रभात), तथा प्रदेश कमिटी सदस्य नवराज अधिकारी (रोशन) सहभागी रहेकाे थियाे ।

कार्यक्रमको सहजिबरण सिपी पौडेलले गर्नुभएको थियो भने अधिवेशनले टेकबहादुर भट्टराई (पदम)को अध्यक्षतामा ५५ सदस्यीय नगर कमिटी निर्वाचित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *