Tue. May 26th, 2026

जन्मदिनको अबसरमा शैक्षिक सामाग्री वितरण

तुलसिपुरका युवा भुपेन्द्र डाङ्गिले तुलसिपुर- १ मा रहेको सृजनशिल आधारभुत विद्यालयका विद्यार्थी लाई शैक्षिक सामाग्री वितरण गरेर जन्मदिन मनाउनुभएको छ । विद्यालयमा विद्यार्थी सङ्ग फलफुलको केक काटेर करिब एकसय जना बालबालिका लाई कापी , पेन तथा पेन्सिल वितरण गर्नुभएको हो । विद्यालयमै पुगेर गरेको सो कार्यक्रममा बरिस्ठ बालरोग विशेषज्ञ डा. किशोर खत्री तथा समृद्ध समाजका अध्यक्ष भुपेन्द्र बस्नेतको पनि सहभागीता थियो । खत्रीले फलफुलको महत्व तथा बालबालिकालाई गर्मी समयमा हुन सक्ने स्वास्थ सम्बन्धि जोखिमको बारेमा प्रकाश पर्नुभएको थियो । आफ्नो विद्यालयका विद्यार्थीलाई सामाग्री दिएर जन्मदिन मनाउन विद्यालमै पुग्दा धेरै खुसी भएको विद्यालयका प्रधानाध्यापक सन्तोष परियारले बताउनुभयो । जन्मदिनको अबसरमा उहाले बिद्यालय मा दुइवटा एभोगाडोको बिरुवा पनि रोप्नुभएको छ । भुपेन्द्र डाङ्गिले तुलसिपुरमा सौलियत जुस पसल सन्चालन गर्दै आउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *