सक्सेस एकाडेमीमा वृक्षारोपण तथा विविध कार्यक्रम सम्पन्न

Bydipak oli

२०८२ जेष्ठ २२, बिहीबार १५:२२ गते २०८२ जेष्ठ २२, बिहीबार १५:२२ गते २०८२ जेष्ठ २२, बिहीबार १५:२२ गते

सक्सेस एकाडेमीमा वृक्षारोपण तथा विविध कार्यक्रम सम्पन्न

तुलसीपुर, २२ जेठ — तुलसीपुरको बेलुवास्थित सक्सेस एकाडेमी मा आज वृक्षारोपण सहित विविध कार्यक्रमहरू सम्पन्न भएको छ। वातावरण संरक्षण तथा सामाजिक चेतनामूलक गतिविधिहरू प्रवर्द्धन गर्ने उद्देश्यले विद्यालयले यो कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रमको सुरुवात विद्यालयका प्रिन्सिपल श्री प्रदिप वली को प्रमुख आतिथ्यमा गरिएको थियो। कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। वृक्षारोपण कार्यक्रममा फलफूलका बिरुवादेखि ornamental प्रजातिका विभिन्न रुख रोपिएका थिए।

साथै, विद्यार्थीहरूले नाटक, गीत, कविता वाचन तथा चित्रकला प्रदर्शनीजस्ता विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरका थिए । उक्त कार्यक्रममा सक्सेस इको क्लब को पनि सहभागिता रहेको थियो ।

विद्यालयका सह-प्रधानाध्यापक गोपाल गिरीले कार्यक्रममा बोल्दै भन्नुभयो “यस्ता कार्यक्रमले विद्यार्थीहरूमा वातावरणप्रतिको जिम्मेवारीबोध बढाउँछ र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउँछ।”

कार्यक्रमको समापनमा सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिएको थियो। आयोजक संस्थाले आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ व्यापक बनाउने प्रतिबद्धता व्यक्त गरेको मा. वि. संयोजक बिमल नेपाल ले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो