Mon. May 4th, 2026

अखिल नेपाल खेलकुद महासंघ, सल्यानको दोस्रो भेला श्रिनगरमा सम्पन्न

सल्यान २९ बिहिबार
। अखिल नेपाल खेलकुद महासंघ, सल्यानको दोस्रो जिल्ला भेला सल्यानको श्रिनगरमा सम्पन्न भएको छ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज कृति बहादुर पुन (का. प्रकाण्ड सिंह) प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यस्तै, महासंघ केन्द्रीय समिति उपाध्यक्ष तथा कर्णाली प्रदेश इन्चार्ज टंक बहादुर शाही (का. आजीवन) विशिष्ट अतिथि रहेका थिए।

भेलामा पार्टी प्रदेश समिति सदस्य तथा सल्यान जिल्ला अध्यक्ष मान बहादुर मल्ल (का. संघर्ष), पार्टी प्रदेश समिति सदस्य तथा शानपा अध्यक्ष मोहन लाल बुढाथोकी, जिल्ला ब्याडमिन्टन संघ सल्यानका अध्यक्ष हिमाल यात्री, बुद्धिचाल (चेस) संगठनका जिल्ला अध्यक्ष धन बहादुर परियार, पार्टी जिल्ला समिति सदस्यहरू रमेश विसी, गीताञ्जली भण्डारी, थुमा थापा, पुष्कर बस्नेत, अखिल (क्रान्तिकारी) सल्यानका जिल्ला अध्यक्ष गणेश वली लगायतको उपस्थिति रहेको थियो।

दोस्रो जिल्ला भेलाबाट रवि करलाको संयोजकत्वमा १५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरिएको छ।

कार्यक्रमको अध्यक्षता खेलाडी नारायण भट्टराईले गरेका थिए भने सञ्चालन खेलाडी रविकिरण करलाले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *