Mon. May 4th, 2026

तुलसीपुरमा दशैं–तिहार विशेष सांस्कृतिक कार्यक्रम हुने

दाङ, तुलसीपुर — आगामी असोज ११ गते तुलसीपुरको पाँच अरनीको मैदानमा विजयादशमी, शुभ दीपावली, छठ लगायतका पर्वको अवसरमा एक दिने शुभकामना आदान–प्रदान तथा दशैं विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ।

कार्यक्रमको आयोजना उज्यालो नेटवर्क मल्टिपर्पज प्रालीले गर्ने भएको हो। यस कार्यक्रममा खस्सी कप समेत समावेश गरिएको आयोजकले जनाएका छन्।

सांस्कृतिक कार्यक्रममा चर्चित हाँस्य कलाकार, गायक तथा मोडेल कुलबहादुर ओली, भाइरल गायक विनोद महतरा, गायिका विष्णु सुनार, गायक निशान्त बिक, गायक रमेश शर्मा, गायक रमेश जैसी, डान्सर पूजा सिंह, डान्सर मनिषा घर्ती र डान्सर मनोलिशा पुनको प्रस्तुति रहनेछ। कार्यक्रमका उद्घोषक समेत रहेका गायक राजेन्द्र परियारले संचालन गर्नेछन्।

आयोजक उज्यालो नेटवर्क एण्ड मल्टिपर्पज प्रालीका अध्यक्ष दीपक ओलीका अनुसार, सांस्कृतिक कार्यक्रमलाई सफल बनाउन ललित केसी, भीम ओली एस.बी., सृजना ओली, विशाल ओली रमेश शर्मा रमेश जैसी सक्रिय रहेका छन्।त्यस्तै, राजेश ओली , केशर बहादुर सुनारले सल्लाहकारको भूमिका निर्वाह गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *