Wed. Feb 25th, 2026

दाङ । दाङको तुलसीपुरस्थित शारदा सिस्ने बोर्डिङ स्कुलले शनिबार १८ औं वार्षिकोत्सव मनाएको छ । विगत १८ वर्षदेखि यस क्षेत्रको शैक्षिक विकासमा क्रियाशील विद्यालयले विविध सांस्कृतिक कार्यक्रमसहित उत्सव मनाएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देव बहादुर वलीको अध्यक्षता तथा नेशनल प्याव्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुवोध डाँगी प्रमुख आतिथ्यता एवं तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष रामबहादुर जिसी विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डाँगीले विद्यालयले पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो । यस्तै वडाअध्यक्ष जिसीले दक्ष जनशक्ति उत्पादनमा नीजि विद्यालयको भूमिका अतुलनिय रहेको बताउनुभयो ।

 

यस्तै नेशनल प्याव्सन दाङका अध्यक्ष शालिकराम कार्कीले वर्तमान समयमा किताबी ज्ञानले मात्र पूर्ण नहुने बताउनुभयो ।

समारोहमा विद्यार्थीहरूले विभिन्न जातजातिका भेषभूषा झल्कने नृत्य, गीत र अन्य सिर्जनात्मक कलाहरू प्रदर्शन गरेका थिए । वार्षिकोत्सव कार्यक्रममा चर्चित गायक शक्तिकप चन्दको सांगितिक प्रस्तुति समेत रहेको थियो । विद्यालयका शिक्षक जीवन डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संजय बर्मा र सरिता शर्माले गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *