Tue. Apr 21st, 2026

दाङमा माओवादीकी समानुपातिक उम्मेदवारमाथि आफ्नै पार्टीलाई मत नदिएको आरोप

दाङ, फागुन २६ — दाङ क्षेत्र नम्बर ३ बाट समानुपातिकतर्फकी उम्मेदवार जानकी चौधरीमाथि आफ्नै पार्टीलाई मत नदिएको आरोप लागेको छ।

दाङका नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का जिल्ला सचिवालय सदस्य नेब बहादुर भण्डारीले उक्त आरोप लगाएका हुन्। उनले हाम्रो दियालो अनलाइन टिमसँग फागुन २६ गते कुराकानी गर्दै जानकी चौधरीले आफ्नै गृह वडा नम्बर ९ बाट पार्टीलाई मत नदिएको दाबी गरेका छन्।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ **बलबहादुर ओली ‘शीतल’**ले नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का तर्फबाट उम्मेदवारी दिएका थिए। त्यस्तै, सोही क्षेत्रबाट समानुपातिक सूचीमा कान्छी चौधरी र जानकी चौधरीसहित दाङबाट मात्रै उक्त पार्टीका ६ जना उम्मेदवार रहेका थिए।

मतगणना सम्पन्न भएपछि भने समानुपातिक उम्मेदवार जानकी चौधरीले आफ्नै पार्टीलाई मत नदिएको भन्ने आरोप सार्वजनिक भएको हो।

यद्यपि, यस विषयमा जानकी चौधरीको प्रतिक्रिया भने सार्वजनिक भएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *