Thu. Jun 4th, 2026

कालिकोटका विद्यार्थीहरूको मुहारमा खुसी छर्दै उज्यालो नेटवर्क मल्टीपर्पोज प्राली :
कालिकोट ।
दुर्गम जिल्लाका विपन्न तथा गरिब विद्यार्थीहरूको शैक्षिक भविष्य उज्यालो बनाउने उद्देश्यले उज्यालो नेटवर्क एण्ड मल्टिपर्पोज प्रा.लि. ले एक प्रेरणादायी सामाजिक अभियान सम्पन्न गरेको छ। संस्थाले श्री चन्द्रज्योति आधारभूत विद्यालय, मूलपानी, सान्नी त्रिवेणी गाउँपालिका–२, कालिकोट मा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री, विद्यालय पोशाक तथा खाद्यान्न सामग्री वितरण गर्दै मानवताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको हो।
सहयोग सामग्री प्राप्त गरेपछि विद्यार्थीहरूको अनुहारमा देखिएको खुसी र उत्साहले कार्यक्रमलाई थप भावुक तथा स्मरणीय बनाएको थियो। आर्थिक अभावका कारण आधारभूत आवश्यकता पूरा गर्न संघर्ष गरिरहेका विद्यार्थीहरूका लागि यो सहयोग आशाको किरण बनेको स्थानीयहरूले बताएका छन्।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर तिरुवा को सभापतित्व तथा वडा सदस्य शक्तिराज बटाला को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन भरतबहादुर बिक ले गर्नुभएको थियो। शिक्षक नौलासिंह गिरी को स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रममा उज्यालो नेटवर्क एण्ड मल्टिपर्पोज प्रा.लिका अध्यक्ष दीपक ओली, उपाध्यक्ष गणेश बुढा, सचिव टेकम पुन मगर, सहसचिव जानु थापा, राप्ती प्रादेशिक अस्पतालका डा. रोमहर्ष केसी, सल्लाहकार भीम ओली (एसबी), जय खत्री, खुमबहादुर केसी, रिपोर्टर रमेश जैसी लगायतको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले शिक्षा नै समृद्ध समाज निर्माणको आधार भएको उल्लेख गर्दै दुर्गम क्षेत्रका बालबालिकाको भविष्य निर्माणमा सबैको साझा जिम्मेवारी रहेको बताए। उज्यालो नेटवर्कका अध्यक्ष दीपक ओली ले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा मानवसेवामूलक अभियानलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै उज्यालो नेटवर्क एण्ड मल्टिपर्पोज प्रा.लिका सल्लाहकार भीम ओली (एसबी) ले दुर्गम क्षेत्रमा रहेका विपन्न तथा आर्थिक अभावका कारण शैक्षिक अवसरबाट वञ्चित हुन सक्ने बालबालिकालाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो। उहाँले शिक्षा नै समाज रूपान्तरणको मुख्य आधार भएकाले यस्ता मानवीय अभियानलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो। साथै, आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा संस्थाले थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो।
यस अभियानमा विभिन्न दाताहरूको उल्लेखनीय सहयोग रहेको थियो। दाताहरूले प्रदान गर्नुभएको शैक्षिक सामग्री, विद्यालय पोशाक तथा खाद्यान्न सामग्री उज्यालो नेटवर्क परिवारले विद्यालयमै पुगेर विद्यार्थीहरूलाई हस्तान्तरण गरेको हो।
मालिका अटो, हिरा रोका, डा. रोमहर्ष केसी, दशरथ ओली, दियालो अनलाइन डटकम, मिना गिरी, शान्ति कँडेल, भावना कँडेल, सुर्जबहादुर बुढा, राजकुमारी खड्का, हेमराज खड्का, भुवन भुसाल तथा सुरेन्द्र परियार लगायतका सहयोगी दाताहरूको योगदानले यो अभियान सफल बनेको आयोजकले जनाएको छ।
कार्यक्रमको अन्त्यमा विद्यालय परिवार, अभिभावक तथा स्थानीय समुदायले सहयोगी दाताहरू र उज्यालो नेटवर्क एण्ड मल्टिपर्पोज प्रा.लि. प्रति हार्दिक आभार व्यक्त गरेका थिए।
“जहाँ राज्यको पहुँच पुग्न कठिन छ, त्यहाँ मानवताको हात लिएर पुगेको उज्यालो नेटवर्कले कालिकोटका बालबालिकाको भविष्यमा आशाको नयाँ दीप बालिदिएको छ।” ❤️🙏
– उज्यालो नेटवर्क एण्ड मल्टिपर्पोज प्रा.लि.
शिक्षा, मानवता र सेवाका लागि समर्पित।

Leave a Reply

Your email address will not be published. Required fields are marked *