Wed. May 27th, 2026

सक्सेस एकेडेमीमा ९औँ सक्सेस इको क्लब निर्वाचन सम्पन्न

तुलसीपुर–९, बेलुवा, दाङस्थित सक्सेस एकेडेमी मा ९औँ सक्सेस इको क्लब को निर्वाचन कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। विद्यार्थीहरूलाई निर्वाचन प्रक्रियाबारे व्यवहारिक ज्ञान प्रदान गर्ने, लोकतान्त्रिक अभ्यासको अनुभव गराउने तथा नेतृत्व विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ। साथै, निर्वाचित प्रतिनिधिहरूले विद्यालयमा वातावरण संरक्षणसम्बन्धी गतिविधि सञ्चालन गर्ने, विद्यार्थीहरूको आवाजलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने तथा विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालनमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

निर्वाचन वरिष्ठ समूह र कनिष्ठ समूह गरी दुई तहमा सम्पन्न गरिएको थियो। निर्वाचन अधिकृत रुद्र प्रसाद ढकालद्वारा सार्वजनिक गरिएको वरिष्ठ समूहको नतिजा अनुसार मनोज मल्ल अध्यक्ष, अञ्जिला दाँगी उपाध्यक्ष, आर्यन शाही सचिव, अमर ओली कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् भने खुला सदस्यमा जोनिशा ओली र भुपेन्द्र ओली तथा महिला सदस्यमा सञ्जिता नेपाली निर्वाचित भएका छन्।

त्यसैगरी निर्वाचन अधिकृत नेत्रमणि पाण्डेद्वारा सार्वजनिक गरिएको कनिष्ठ समूहको नतिजा अनुसार रिदम थापा अध्यक्ष, श्रेया बुढाथोकी उपाध्यक्ष, रिदम ओली सचिव तथा असल ओली कोषाध्यक्ष पदमा निर्वाचित भएका छन्। खुला सदस्यमा युवराज केसी र पवन ओली तथा महिला सदस्यमा चाँदनी केसी निर्वाचित भएका छन्।

कार्यक्रमको समन्वय विमल नेपालले गर्नुभएको थियो। विद्यालयले यस्ता कार्यक्रममार्फत विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, लोकतान्त्रिक संस्कार तथा वातावरणीय चेतनाको विकास हुने विश्वास व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *