तुलसीपुर डान्सिङ स्टारमा Success Academy को ऐतिहासिक सफलता

Bydipak oli

२०८३ श्रावण ३०, शनिबार १४:३० गते २०८३ श्रावण ३०, शनिबार १४:३० गते २०८३ श्रावण ३०, शनिबार १४:३० गते

तुलसीपुर डान्सिङ स्टारमा Success Academy को ऐतिहासिक सफलता

तुलसीपुर ३० श्रावन । D Two कला केन्द्रद्वारा आयोजित तुलसीपुर डान्सिङ स्टार प्रतियोगितामा Success Academy का विद्यार्थीहरूले उत्कृष्ट सफलता हासिल गरेका छन्। प्रतियोगितामा Success Academy की कक्षा ९ मा अध्ययनरत सन्ध्या राना प्रथम र एञ्जुली जी .एम द्वितीय हुन सफल भएका छन्।

प्रतियोगिताको प्रथम र द्वितीय दुवै स्थान एउटै विद्यालयका विद्यार्थीले हात पार्नु Success Academy का लागि गौरवको विषय बनेको छ। नृत्यप्रतिको निरन्तर लगाव, अथक मेहनत, नियमित अभ्यास र आफ्नो प्रतिभाप्रतिको आत्मविश्वासले सन्ध्या र एञ्जुलीलाई यो सफलता दिलाएको हो।

प्रतियोगिताको मञ्चमा उनीहरूले प्रस्तुत गरेको उत्कृष्ट नृत्यले निर्णायक तथा दर्शकको मन जित्दै अन्ततः प्रथम र द्वितीय स्थानमा आफ्नो नाम सुरक्षित गर्न सफल भएको हो।

सन्ध्या र एञ्जुलीको यो सफलताले उनीहरूका अभिभावक, शिक्षक तथा सम्पूर्ण Success Academy परिवारमा खुसी र गर्वको माहोल सिर्जना गरेको छ। एउटै संस्थाका दुई विद्यार्थीले शीर्ष दुई स्थान हासिल गर्नु विद्यालयका लागि मात्र नभई नृत्य र कलाप्रतिको नयाँ पुस्ताको बढ्दो आकर्षण र सम्भावनाको प्रेरणादायी उदाहरण समेत बनेको छ।

यस ऐतिहासिक सफलताका लागि सन्ध्या राना तथा एञ्जुली जी . एम . लाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो