Fri. Apr 17th, 2026

तुलसीपुर, ३ फाल्गुन ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ मा रहेको सप्तरंडी इङलिस मिडियम स्कुलले सक्सेस एक्स्पो २०८१ मनाएको छ । त्यस क्रममा विद्यार्थीहरुले बिभिन्न प्रतिभाहरु प्रस्तुत गरेका थिए । विभिन्न भेषभुषा समेटिएका कला संस्कृति प्रस्तुत गरेका थिए, भने विज्ञानलगायतका प्रदर्शनी पनि गरेका थिए ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ललितजंग शाहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका सामाजिक विकास समिति संयोजक मानबहादुर रावतले अब सीपयुक्त शिक्षा आबश्यक रहेको बताए ।कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य बसन्ता केसी, पर्यटन शाखा अधिकृत झरेन्द्र खरेल, गोरखा मोडेल कलेजका प्रमुख पूर्णबहादुर डाँगी, अप्टिमिष्ट क्लब तुलसीपुरका संस्थापक अध्यक्ष मानबहादुर बस्नेतलगायतले मन्तब्य ब्यक्त गरेका थिए । विद्यालय कोर्डिनेटर बिमल नेपाल स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण शिक्षक गोपाल गिरीले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *