Fri. Jun 21st, 2024

माघ २ सुर्खेत – एकै परिवारका चारजना शनिबार बेलुका मृत अवस्थामा भेटिएका छन।
वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतस्थित बुद्बुदी गाउँमा बस्दै आएका शिवालय गाउँपालिका–४ जाजरकोट स्थायी घर भएका ३५ वर्षीय कल्पा बुढा, उनका ८ वर्षीय छोरा नीरज, ९ वर्षीय अर्का छोरा चीरञ्जीवी र कल्पाकै दाजुको ५ वर्षीय छोरा सम्राट आज घरमै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
घटनाकाे सूचना पाए लगत्तै घटनास्थल पुगेकाे प्रहरी प्रारम्भिक अनुसन्धान अनुसार उनिहरु भएको काेठामा काेइला बालेका बट्टा रहेकाले चिसाे छल्न घरमा कोइला बाली झ्याल ढोका थुनेर बस्दा उनीहरूको मृत्यु भएको हुन सक्ने आशंका गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्टले बताए।
प्रहरीले पाेष्टमार्टम गर्ने तयारी गरेपनि मृतक कल्पाका श्रीमान् कृष्ण बुढा लगाएत आफ्नत जाजरकोटबाट आएपछि मात्रै गर्ने भएपछि चारै जनाको शवकाे अहिले पाेष्टमार्टम नगरिएको प्रहरी उपरीक्षक बिष्टले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *