Mon. Jan 12th, 2026

असोज ५। नेपाली पर्वतारोही आङरिता शेर्पाको  ७२ वर्षकाे उमेरमा निधन भएको छ। बिना अक्सिजन सगरमाथा आरोहण गरेका शेर्पाको सोमबार बौद्धमा आज १० बजे निधन भएको हो। उनले बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका शेर्पालाई हिम चितुवाका उपनामले समेत चिनिन्थ्यो। उनी कलेजाे सम्बन्धी समस्याबाट पीडित थिए।शेर्पाको पुर्ख्यौली घर सोलुखुम्बुको थमो हो। उनले सन् १९८३ देखि सगरमाथा आरोहण थालेका थिए।

उनी विगत केही वर्षदेखि कलेजोको समस्याले बिरामी भएर थलिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *