
१२भदौ –दाङ : गोपाल गिरी कोरोना भाइरसका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए।
प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा प्रदेश १ को मोरङ बेलवारीकी ५६ वर्षीय महला, झापाको दमक नगरपालिकाका ८३ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको प्रवक्ता सापकोटाले जानकारी दिए ।
त्यस्तै प्रदेश २ को सिराहा जिल्लाको सिराहा नगरपालिकाका- २ का ५५ वर्षीय पुरुषको बिहीबार बेलुका मृत्यु भएको हो। मृत्यु हुने दुबै पुरुष मुटु, उच्च रक्तश्राप र मधुमेहको दिर्घरोगी भएको पनि सापकोटाले बताए।
मृतक दुबै पुरुषका परिवार सम्पर्कमा आएपनि महिलाका परिवार सम्पर्कमा आएका छैनन्। तीनै जनाको शव व्यवस्थापनका लागि आवश्यक पहल भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए।