Thu. Mar 27th, 2025

१९भदौ । विगत २४ घण्टामा नेपालमा थप १,३५९ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको र १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।यो वृद्धिसँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ४४,२३६ पुगेको छ।अहिलेसम्म २५,५६१ सङ्क्रमित निको भइसकेका छन् भने २७१ जनाको मृत्यु भएको सरकारको तथ्याङ्कले देखाउँछ। मृतकमध्ये एक चिनियाँ र एक भारतीय नागरिक पनि छिन्।

शुक्रवार अपराह्ण आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले देशभरि १८,४०४ सक्रिय सङ्क्रमित भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *