Sun. Jun 16th, 2024

जाजरकोट ८ कार्तिक मनोज डाँगी।

घर लिप्ने माटो निकाल्ने क्रममा माथी बाट माटो खस्दा दुई जनाको मृत्यु भएको छ भने दुईजना घाईते भएका छन् । मृत्व हुनेमा छेडागाड नगरपालिकाको वडा न.३ चुवाकि बर्ष ३० कि सितला जैसी र सोही गाउँकि बर्ष १६ कि आरती दाहाल रहेकी छिन भने सोही गाउँकि बर्ष २४ कि सरिता जैसी र छेडागाड ४ कि बर्ष ५१ कि धनसरा चदारा घाईते भएकी छिन । दशैको लागि घर लिप्ने माटो लिन स्थानिय महिलाहरु आफ्नो टोल भन्दा झन्डै ४ किलोमीटरको दुरि टाढा दशेरा भन्ने ठाउँमा गएका थिए । माटो निकाल्ने क्रममा माथी बाट आएको माटोले दुई जनाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक यम बहादुर मल्लले बताएका छन । घाईतेहरुलाई उपचारको लागि नेपाल आर्मिको हेल्किकोप्टर मार्फत सुर्खेत पठाईएको छ भने घाईतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरी बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *