Sat. May 18th, 2024


भाद्र८ , चितवन

चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

उनीहरूमध्ये १४ जना चितवनका हुन्।

नवलपुरका चार र मकवानपुर, गोरखा र बाराका एक/एक जनामा पनि कोरोना पोजेटिभ देखिएको छ।

चितवन मेडिकल कलेज स्वाब संकलन केन्रबाट स्वाब संकलन गरिएका संक्रमितहरु २० देखि ७४ वर्षसम्मका छन्।

आइतबार गरिएको परीक्षणको रिपोर्ट सोमबार सार्वजनिक गरिएको हो।

यसअघि आइतबार भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको दुई चरणको परीक्षणमागरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *