जेष्ठ-२४, दाङ । जित ग्रुप अफ कम्पनीले खाद्य बैंक सञ्चालनमा ल्याएको छ । एक महिननादेखि कोरोना भाइरस कोभिड–१९ को चेन ब्रेकका लागि भन्दै प्रशासनले लगाएको निषेधाज्ञाका कारण मारमा परेका वर्गहरुलाई लक्षित गर्दै खाद्य बैंक सञ्चालनमा ल्याएको अनलाइनकी सम्पादक सन्ध्या अर्याल ले जानकारी दिएन ।
दाङको तुलसीपुरबाट शुरु गरिएको यो अभियानलाई अन्य क्लव तथा संघसंस्थाहरुसंग सहकार्य गर्दै दाङका विभिन्न चोकहरुमा सञ्चालन गरिने डाँगीले बताए । उनले भने, ‘कोभिड–१९ ले विश्वलाई चुनौती दिइरहेको परिस्थितिमा कोरोनाको चेन ब्रेकका लागि भन्दै जारी गरिएको निषेधज्ञाका कारण अलपत्र बटुवा, खाद्य अभावले अप्ठ्यारो अवस्थामा परेका परिवारलाई लक्षित गरि यो अभियान शुरु गरेका हौं ।’ बैंकमा हाल दैनिक भान्सामा प्रयोग गरिने दाल, चामल, तेल, नुन लगायतका खाद्य सामाग्री राखिएको छ ।
‘हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं’ भन्ने नारासहित शुरु गरिएको अभियानको पहिलो दिन आज ५ जनाले सेवा लिएको कार्यक्रम संयोजक जित जङ्ग वलीले जानकारी दिए । हरेक दिन बिहान ६ बजेबाट ९ बजेसम्म सञ्चालन हुने अभियानमा विभिन्न क्षेत्रबाट सहयोग आउने क्रम पनि शुरु भएको उनले बताए ।
कोरोना भाइरस महामारीका समयमा निषेधाज्ञाका कारण आफ्नो काममा फर्कन नपाई अप्ठ्यारो अवस्थामा परेका जो कोहीले पनि अभियानबाट सेवा लिन सक्ने अनलाइनका सम्पादक सन्ध्या अर्यालले बताएन । उनले विषम परिस्थितीमा नागरिकलाई परेको असजिलो अवस्थामा सानै भएपनि सहयोग पुग्ने हिसावले अभियानको थालनी गरिएको हुँदा यसमा सबैबाट सकरात्मक सहयोगका लागि अपेक्षा राखिएको पनि बताए । सरकारद्वारा जारी गरिएका सबै स्वास्थ्य मापदण्डको पालना गर्दै थालिएको खाद्य बैंक अभियानमा जोडिनका लागि हाम्रो जित डट कमले आह्वान समेत गरेको छ ।