
उमा पाैडेल(रेखा) झापा ; भाद्र :२८/२९<> झापाकाे अलग अलग ३ स्थानबाट नियन्त्रित लागू अाैसत ब्राउण्ड सुगर र गाँजा सहित ६ जना पक्राउ परेका छन।
पक्राउ पर्नेहरुमा मेचीनगरपालिका १० का १८ बर्षीय विशाल लिम्बू,मेचीनगरपालिका १२ का २३ बर्षीय राजन श्रेस्ठ , ८.५ ग्राम ब्राउण्ड सुगर सहित मेची नगर १३ ईलाम राेडबाट पक्राउ परेकाछन हिजाे अपह्रान्न ३ बजे तिर मे.४.प ७७२६ नम्बरकाे माेटरसाईकलमा सवार रहेका उनीहरुलाई राेकेर चेकजाच गर्ने क्रममा उक्त परिणामकाे लागू अाैसत बरामत गरेकाे थियाे । यसै गरि बिर्तामाेड नगरपालिका १ का २१ बर्षीय सन्दिप धिमाल , २३ बर्षीय अाकाश राई र अर्जुनधारा नगरपालिका ७ का १९ बर्षीय अाशिस राई १४ ग्राम लागू अाैसत ब्राउण्ड सुगर सहित अपह्रान्न ४ बजे बिर्तामाेडकाे अदुवापुल अथिति सदन नजिकबाट उनीहरु पक्राउ परेकाछन । त्यसै गरि ४ किलाे ५८ ग्राम गाँजा सहित माङ्गसेबुङ्ग गाउपालिका ६ ईलाम घर भई दमक नगपालिका १ बस्दै अाएका २६ बर्षीय अर्पण राई पनि पक्राउ परेकाछन । प्रहरीले राईकाे काेठामा खानतलास गर्दा उक्त परिणामकाे लागू अाैसत गाजा बरामत गरेको हो।
पक्राउ परेका सबैजना उपर कानुनी कार्वाही तथा थप अनुसन्धान भईरहेकाे जिल्ला प्रहरी कार्यलय झापाले जनाएकाेछ ।