Sat. May 18th, 2024

कार्तिक२४।
तुलसीपुर उपमहानगरपालिका -५ मा रहेका सम्पुर्ण सामुदायिक तथा निजि विद्यालयहरु बन्द गर्न वडा अध्यक्ष विरेन्द्र शाहले आग्रह गरेका छन् ।आईतवार वडा शाहको अध्यक्षतामा बसेको बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै वडा कार्यालयबाट प्रदान गरिने नियमित सेवा र वडाका सम्पुर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको हो ।
वडामा संक्रमणको दर बढ्दो र वडा कार्यालयबाट सेवा लिएका सेवाग्राहीको समेत कोरोना संक्रमणकै कारण मृत्यु भएकाले सोमबार देखी शुक्रवार सम्म कार्यालयको नियमित सेवा र विद्यालय बन्द गर्ने निर्णय गरिएको वडा अध्यक्ष शाहले बताए । वडाले मङ्सिर २८ गतेसम्मका लागि बिद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ। वडा कार्यालय भने एक साताकालागी सिल गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *