Sun. Jan 19th, 2025

चैत /३ गोकुल देबकाेटा तुलसीपुर दुई स्थानमा अखिल क्रान्तिकारीको कमिटि गठन गरिएको छ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले तुलसीपुर ६ स्थित ग्रेट अरणीको माविमा कमिटि गठन गरेको छ । प्रकाश रसाइलीको अध्यक्षतामा ८१ सदस्यीय मुल इकाई कमिटी गठन गरिएको हो । जसको उपाध्यक्षमा लिला घर्ती मगर, मन्जु नेपाली, रमेश बिक, सचिबमा जनक केसी, सह–सचिब सुजता बुढाथोकी, बिनोद चौधरीर कोषाध्यक्षमा लिला पुन मगरलाई चयन गरिएको छ । त्यस्तै खेलकुद बिभाग प्रमुखमा समिक्षा केसी, सस्कृती बिभाग प्रमुखमा नोमेश पुनलगायत रहेका छन् ।

यस्तै लिटिल हेभन माविमा रोशन डाँगीको अध्यक्षतामा ४६ सदस्यीय मुल इकाइ कमिटि गठन गरिएको छ । जसको उपाध्यक्षमा पवित्रा केसी, भावना केसी, सचिबमा युवराज ओली, सहसचिवमा नरेश केसी, कोषाध्यक्षमा रुपक अधिकारीलगायत ४६ सदस्यीय कमिटि गठन गरिएको छ ।

कार्यक्रममा अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश सचिव मदन जीएम, बिशिष्ट अतिथि अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश सचिवालय सदस्य प्रकाश ओली,अखिल क्रान्तिकारी तुलसीपुर नगर कमिटी अध्यक्ष अमर बिक, जिल्ला कमिटी सदस्य एवम दंगीशरण अध्यक्ष भुपेस खत्री लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण अखिल क्रान्तिकारी दाङ जिल्ला कमिटी कोषाध्यक्ष हिरालाल ओली‘जनार्दन’ले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *