Mon. Jan 12th, 2026

२७भदौ। दाङको तुल्सिपुरमा आज २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राप्ती स्वस्थ्य बिज्ञान प्रतीष्ठान घोराहीमा गरिएको कोरोना परिक्षणमा तुल्सिपुरका २२ जनामा संक्रमण देखिएको हो। जिल्ला जनस्वास्थ कार्यालय घोराहीका कोभीड फोकल पर्सन कमल चन्दका अनुसार अब दाङमा कुल संक्रमण संख्या ८७३ पुगेको छ। चन्दले आज संक्रमीत हुनेहरूमा स्वास्थकर्मी पनि हुनसक्ने बताएका छन् । यस बारे थप जानकारी आउन बाकी रहेको छ ।
दाङमा स्वरुप परिवर्तन गरेर थपिएको लकडाउनको समय भोलि २८ गते सकिदै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *