Sun. Feb 9th, 2025

गोकुल देवकोटा पाैष/२७ कालिकोट
सान्नित्रिवेणि गाउपालिका वडा नं ३ कयारि मा बस्दै आउनु भएकि एक क्यान्सर पिडित बहिनि ११ वर्षकि दक्षिणा देवकोटा अहिले पाटन अस्पताल ललितपुर मा हुनुहुन्छ। विगत झन्डै ३ महिना देखि थला पर्नु भएकि बहिनी अहिले निकै कठिन अवस्थामा हुनुहुन्छ ।

उहालाई अहिले ढाड,पेट र छाति मा धेरै समस्या भैरहेका छन् शरीर दुख्ने सुनिने पोल्ने दुख्ने जस्ता समस्या उहालाई भैरहेको छ।उहालाई औषधि किन्न समेत कठिन भएको छ ।पिडित बिरामि बहिनी को परिवार एक भाइ चार बहिनी अनि आमा बुवा गरेर जम्मा ७ जना सदस्य हुनुहुन्छ । अहिले जेठो दिदी को बिवाहा भैसकेको र अरू बहिनी र भाईहरू पढिरहनु भएको छ भनेर पिडित बिरामि बहिनीको आमाले बताउनु भयो।

उहा बिरामी हुदा साथ जिल्ला अस्पताल कालिकोट लगियो थियोे। जिल्ला अस्पताल कालिकोटमा नसकिएको ले अहिले पाटन अस्पताल ललितपुर मा हुनुहुन्छ। अहिले क्यान्सर पिडित बहिनिलाई साथ मा ल्यायर आउनु भएका बुवा,आमा र आफन्त हरू अहिले अस्पतालमा भन्दा बाहिर होटेल मा बस्नु भएको छ। अहिले उहालाई होटल भाडा तिर्न र छाक टार्न धाै,धाै भएको हुदा उहाको अबस्था निकै नाजुग छ। बिरामि पिडित बहिनिको आमाले भन्नू भयो जेठि छोरिको बिहे भैसक्यो अरू छोरा र छोरी पनि सानै छन् अहिले छोराछोरीलाई पढाउन पनि नसक्ने अबस्थामा पुगिसकेको छु।

अहिलेसम्म आफु संग भएको जग्गा र बाख्रा थियो त्यो बेचेर छोरिलाई उपचार गरे अहिले सबै सकियो बुढालाई कतै कमाउन पठाउभने बूढो भईहाल्नु भो सक्नु हुन्न।अब औषधि पनि सकियो हामिलाई औ षधि किन्न पनि धाै भैसकेको छ। अहिले हस्पिटल भन्दा बाहिर हामी होटेल मा बसिरहेका छाै। होटेल को भाडा कसरी तिर्न निकै गार्‍हो अबस्थामा छाै भनेर क्यान्सर पिडित बहिनीको आमा ले हामीलाई जानकारि दिनु भएको छ।

बिरामि पिडित आमाले बताउनु यति का सन्तानलाई पहिला घर गुजरा चलाउन गार्‍हो थियो अहिले अचानक बिरामि हुदा blood क्यान्सर भयो। अब हामीलाई औषधि किनेर खान गार्‍हो भैसकेको छ भनेर उहाले जानकारी दिनुभयो। क्यान्सर पिडित बहिनिको परिवार अहिले पाटन अस्पताल ललिपुर मा हुनुहुन्छ।

सेवा नै धर्म हो,यदि कसैले सहयोग गर्ने मनसाय सहयोगि हात हरू हुनुहुन्छ, अथवा सहयोग गर्न चाहानु हुन्छ भने,
सम्पर्क नम्वर :
दिपक वलि :९८६८६३६५८४
गोकुल देवकोटा : ९८४८९२६३१०
मिना कुमारी देवकोटा : ९८४८३५८६१६
मिना कुमारी देबकोटा सांनिमा बैंक खाता नम्बर ०७३०११९०००००७१

Leave a Reply

Your email address will not be published. Required fields are marked *