Thu. Mar 27th, 2025

माघ १६,काठमाडौ। चलचित्र क्षेत्रमा स्थापित भैसकेका दङ्गाली कलाकर कुलदिप अधिकारीले म्युजिक भिडियोमा पनि आफ्नो अभिनयकला प्रस्तुत गरेका छन। थोरै खुशि मिल्छ यहाँ थोरै आँसु पनि बोलको गितमा कविता न्यौपानेका साथ जोडि बाधेर म्युजिक भिडियोमा देखिएका हुन । पण्डित बाजेको लौरी,कुम्भकरन जस्ता चलचित्रमा मुख्य भुमिका निभाएका कुलदिपले थुप्रै चलचित्रहरुमा छोटो भुमिकामा काम पनि गरिसकेका छन । चलचित्र क्षेत्रबाट म्युजिक भिडियो तिर आउदै गरेका अधिकारीलाई चलचित्रमा अभिनय गर्दा सहज कि म्युजिक भिडियोमा भन्ने प्रश्नमा दुबै क्षेत्रमा मेहनत र लगाव चाहिने र लगाव भएमा काम जुन क्षेत्रमा पनि सहज हुने बताए । प्रबिन बेडवाल र रङ्गिला बटलाको स्वरमा रहेको यो गितको भिडियोमा आफुले अत्यन्तै मेहनत गरेको र दर्शकहरुलाई पनि मनपर्नेमा आफू आशावादी भएको उनले बताए । पारिवारिक कथावस्तुमा तयार पारिएको म्युजिक भिडियोमा समृद्धि निरौलालाई बाल कलाकारको रुपमा देख्न सकिनेछ । गोपाल लोहारको शब्द रहेको गितमा वसन्त सापकोटाले संगीत भरेका छन भने विश्राम आचार्यले एरेन्ज गरेका हुन । बिमल धमलाको प्रोडक्सनमा तयार पारिएको गितमा श्याम तामाङको छायांकन,बिनोद लामाको मेकअप,रिता बलामीको हेयर डिजाइनिङ देख्न सकिन्छ । भिम लोहारले लगानी गरेको म्युजिक भिडियोको निर्देशन श्याम लामा र काजी लिम्बुले गरेको छन । यो गितको भिडियो आज बेलुका ४ बजे Golo lohar युट्युव च्यानल मार्फत रिलिज गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *