१२भदौ,दाङ । दाङमा आइतबारदेखि एक सातासम्मका लागि लकडाउन हुने भएको छ । जिल्लामा कोरोना संक्रमित संख्या बढ्दै गएपछि पर्सी आईतबार राती १२ बजेदेखि एक साता दाङमा पूर्णरुपमा लकडाउन गर्ने कोरोना सङ्कट ब्यबस्थापन समितिले निर्णय गरेको हो । बिगत केही दिनयता दाङमा समुदाय स्तरमा कोरोनाको संक्रमण फ़ैलिने क्रम बढीरहेको थियो । लकडाउन बारे जानकारी दिदै प्रमुख जिल्लाअधिकारि गोबिन्द रिजालले सम्पूर्ण दाङ बासीलाई सुरक्षित रुपमा बस्न अनुरोध गर्नुभएको छ।