२१भदौ दाङ । दाङमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ। जिल्ला स्वास्थ कार्यालय दाङका अनुसार दाङमा ८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।दाङ जिल्लामा हालसम्म कोरोनाले २जनाको मृत्यु भएको छ ।
राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परिक्षणमा आज दाङमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमीत हुनेहरूमा राप्ती गाउँपालिकाकी ३९ बर्षकि १ जना महिला र १६ बर्षका १ जना पुरुष रहेका छन् । जिल्लामा संक्रमण बढ्दै गयपछी संक्रमण नियन्त्रणका लागि स्वरुप परिवर्तन गरेर भदौ २८ गतेसम्मका लागि लकडाउन थपिएको छ।