Sat. May 18th, 2024

बैशाख २४, दाङ।

कोरोना संक्रमणदर वृद्धि कायमै रहेपछि दाङमा एक हप्ता लकडाउन थप गरिएको छ । गत बैशाख १७ देखि जारी लकडाउन जेठ १ गतेसम्म थप गरिएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डिसीसीएमसी)का संयोजक दीर्घनारायण पौडेलले जानकारी दिनुभयो ।

बैशाख १७ गते बिहान ६ बजेदेखि जारी लकडाउन यहीँ २५ गते साँझ सकिदै गरेको अवस्थामा जिल्लामा आज बसेको डिसीसीएमसीको बैठकले थप एक साता लकडाउन गर्ने निर्णय गरेको हो । दाङमा संक्रमण संख्या वृद्धि भएसङ्गै अस्पतालमा अक्सिजन अभाव देखीन थालेपछि अक्सिजन ब्यबस्थापन कार्यलाइ पनि स्थानीय स्तरबाट तिब्रता दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *