दाङ एलिन के सि वैशाख ५
दाङ तुल्सिपुरमा अरनिको मैदानमा मितेरी युबा क्लब बेैशाख१ गते देखि सञ्चालन गर्दै आइ रहेको कार्यक्रममा नायक पल शाह (पुर्ण बिक्रम शाह)आउने भएका छन्।आज मिति २०८०/०१/०५ गते भएको पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष अजय बुढाथोकीले यहि मिति २०८०/०१/०८ गते पल शाहलाई कार्यक्रममा ल्याउने तयारी आफुहरुले गरिरहेको भइरहेको जानकारी दिनुभएको छ।त्यस दिन करिब ८ देखि १० हजार मानिसको उपस्थिति रहने आकलन गरिएको छ।यस बृहत सांस्कृतिक कार्यक्रम सञ्चालन भइ राख्दा पल शाहको अत्याधिक मागको कारण ल्याउन आफुहरुले ल्याउन लागेको बताउनु भएको छ।त्यस दिन पल शाह सगै अन्य स्थानीय प्रस्तुति रहने जानकारी दिनु भएको छ।अहिले सम्म कार्यक्रम सञ्चालन भइ रहदा त्यस दिनको आम्दानिले क्लबले बनाएका योजनाका काम सम्पन्न हुन मद्दत पुग्ने अनुमान गरिएकोछ।यस बृहत कार्यक्रम बैशाख १० गते समापन हुनेछ।