राजेश गौतम ,तुल्सिपुर ।
दाङको तुल्सिपुरमा रहेको ज्ञानज्योती मा बि का विद्यार्थी दाङ जिल्लाभरिका बिद्यालयका उत्कृष्ट बर्ष विद्यार्थीहरुमा पर्न सफल भएका छन । एन प्याबसन दाङको आयोजनामा भएको बर्ष उत्कृष्ट विद्यार्थीहरुको प्रतियोगितामा ज्ञानज्योति माबी मा कक्षा १० मा अध्यनरत छात्रा जेनिशा सुवेदी दाङ जिल्ला प्रथम भएकी छिन भने छात्रतर्फ दिपेन्द्र डाङी दाङ जिल्ला दोस्रो भएका छन ।
कक्षा १० अर्थात एसइइ को परिक्षा नजिकै गर्दा एन प्याब्सन दाङले अङ्ग्रेजी , नेपाली , गणित , बिज्ञान र सामाजिक गरि पाचवटा बिषयमा दाङ जिल्लाभरका बिद्यालयका विद्यार्थीहरुलाइ प्रतिस्पर्धा गराएको हो ।
दाङ जिल्लाका ३२ वटा बिद्यालयका ३२ छात्र र ३२ छात्रा सहभागी रहेकामा ज्ञानज्योती मा बिका विद्यार्थीहरु उत्कृष्टमा पर्न सफल भएको ज्ञानज्योती मा बि का सहायक प्रधानाध्यापक मनोज के सि ले जानकारी दिनुभयो ।
अघिल्लो बर्ष एसइइमा दाङ जिल्ला प्रथम सहित उत्कृष्ट नतिजा ल्याएको ज्ञानज्योतिले यस बर्षपनि उत्कृष्ट नतिजा ल्याउनेमा आफुहरु बिस्वस्थ रहेको के सि को भनाइ छ ।
केही समय अघि एजुकेशन समाचारले देशभरका विद्यालयमा सर्वेक्षण गरेको थियो । जसमा देशभरका २० विद्यालय उत्कृष्ट विद्यालय मध्येमा ज्ञान ज्योति १५ औं स्थानमा परेको थियो ।