तुलसीपुर, बैशाख २६ । नेकपा माओबादी केन्द्रले तुलसीपुरमा पाटीको नीति बिपरित चलेको भन्दै तीन जनालाई साधरण सदस्य नरहने गरि कारबाही गरेको छ ।
उक्त पार्टीका तुलसीपुर नगर अध्यक्ष खुसीराम चौधरी र सचिब तुलाराम भण्डारी (बारुद०) ले सोमबार संयुक्त बिज्ञप्ति मार्फत प्रेम बाँठा, प्रतिमा हमाल र रुपक बिकलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारबाही गरिएको जानकारी दिएका छन् ।
बिज्ञप्तिमा उनीहरुले पार्टीको बिधि र नीति बिपरित काम नगरेको तथा गठबन्धनको मर्म बिपरित काम गरेको आरोप लगाइएको छ ।
उनीहरुलाई सोमबारदेखि नै लागु हुने गरि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बित गरिएको जानकारी दिइएको छ ।