Sat. May 18th, 2024

कार्तिक १९।

नेपालमा आज थप ३,३०९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि र ३० जनाको मृत्यु भएको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधवार अपराह्ण जनाएको छ।सो अवधिमा १३,१४४ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।

सङ्क्रमितमध्ये १,३०४ महिला र २,००५ पुरुष छन्। काठमाण्डू उपत्यकामा सर्वाधिक सङ्क्रमित फेला पर्ने क्रम जारी छ।यो सँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १,८२,००० नाघेको छ भने तीमध्ये झन्डै १,४५,००० जना सङ्क्रमणमुक्त भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *