
कार्तिक ८।
नेपालमा आज २,२२५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।उक्त अवधिमा कोभिड-१९ कारण १३ जनाले ज्यान गुमाएको तथ्याङ्क मन्त्रालयले आफ्नो वेबसाइटमा राखेको छ।
योसँगै नेपालमा कोभिड-१९का कारण मृत्यु हुनेको कुल सङ्ख्या ८४२ पुगेको छ।शुक्रवार मन्त्रालयले थप ४४९९ जनामा कोभिड-१९ भएको र १७ जनाको मृत्यु भएको जनाएको थियो।योसँगै नेपालमा कुल १ लाख ५५ हजार २ सय ३३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।