२५भदौ। विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट १,८१८ जना मुक्त भएका छन् भने थप १,२४६ जनामा सङ्क्रमित र पाँच जना मृतक थपिएका छन्।बिहीवारको यो तथ्याङ्कसँगै नेपालमा कुल कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ५०,४६५ र निको हुनेको सङ्ख्या ३५,७०० पुगेको छ।
मन्त्रालयका अनुसार नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त हुने दर लगभग ७१ प्रतिशत छ।अहिलेसम्म नेपालमा ३१७ जनाको कोभिड-१९ का कारण मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।